अमेरिकी वर्चस्वलाई चुनौती दिने चीनको नयाँ ओपन-सोर्स एआई मोडेल GLM-5.2 ले सिलिकन भ्यालीमा तरङ्ग
techpana.com · Wed Jun 24 03:38:55 GMT 2026

काठमाडौं । सिलिकन भ्याली यतिबेला एउटा नयाँ चिनियाँ ओपन-सोर्स एआई मोडेल जीएलएम-५.२ (GLM-5.2) को चर्चाले तातेको छ । एक वर्षभन्दा अघि डिपसिक (DeepSeek) को आर-१ (R1) ले अमेरिकी च्याटबटको एकाधिकारलाई गम्भीर चुनौती दिएयता, यसरी चर्चामा आएको यो अर्को ठुलो चिनियाँ मोडेल हो ।
जेड.एआई (z.AI) को आधिकारिक ब्लग का अनुसार, जीएलएम-५.२ विशेषगरी लामो समय लाग्ने र जटिल कार्यहरू (long-horizon tasks) का लागि तयार पारिएको उसको अहिलेसम्मकै प्रमुख मोडेल हो । यस मोडेलमा १ मिलियन टोकनको मजबुत कन्टेक्स्ट विन्डो (context window) रहेको छ । जसले यसलाई एन्थ्रोपिकको क्लाउड ओपस ४.८ (Claude Opus 4.8) र ओपनएआईको जीपीटी ५.५ (GPT 5.5) कै स्तरमा उभ्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)
काठमाडौँ