कामको तनावले अस्पतालबाट रोबर्ट भागेको भनिएको विश्वचर्चित भिडियोको यथार्थ के हो ?
corporatenepal.com · Wed Sep 16 02:50:59 GMT 2026

काठमाडौं । अस्पतालको पोसाक लगाएको मानवरूपी रोबोट सडकमा गुडिरहेका सवारीसाधनबीच तीव्र गतिमा दौडिरहेको देखिने एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। अस्पतालमा राखिएको रोबोटले आफ्नै निर्णयमा भागेको दाबी गर्दै उक्त भिडियोलाई कृत्रिम बुद्धिमत्ता (एआई) नियन्त्रणबाहिर जान थालेको प्रारम्भिक संकेतका रूपमा प्रस्तुत गरिएको थियो।
तर, इन्डिया टुडेले गरेको तथ्य जाँचबाट उक्त भिडियो वास्तविक नभई एआई प्रविधिबाट निर्माण गरिएको पुष्टि भएको छ। भिडियोमा देखाइएको एम्बुलेन्समा ‘Runlance’ लेखिएको छ, जुन अर्थहीन शब्द हो। यस्तो अस्वाभाविक विवरण एआईबाट निर्माण गरिएका सामग्रीमा देखिने त्रुटिमध्ये एक हो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)