मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानकी चर्चित मानवअधिकार अभियन्ता महरंग बलोचलाई आजीवन कारावास

ratopati.com · Wed Jun 24 03:47:03 GMT 2026

पाकिस्तान । पाकिस्तानको बलुचिस्तान प्रान्तमा बेपत्ता पारिएका व्यक्तिहरूको पक्षमा अभियान चलाउँदै आएकी मानवअधिकार अभियन्ता महरंग बलोचलाई २०२४ मा भएको एक प्रदर्शनका क्रममा अर्धसैनिक बलका जवानको हत्या प्रकरणमा आजीवन कारावासको सजाय सुनाइएको छ ।

बलुचिस्तान युनिटी कमिटी (बीवाईसी)की नेतृ महरंग बलोच र अर्का अभियन्ता सिब्घतुल्लाहलाई हत्या तथा आतंकवादसम्बन्धी अभियोगमा दोषी ठहर गरिएको हो । अभियोजन पक्षले उनीहरूले ग्वादरमा भएको प्रदर्शनका क्रममा भीडलाई उक्साएर जवान शब्बिर अहमदको हत्या गराएको आरोप लगाएको थियो ।

महरंग बलोचले आरोप अस्वीकार गर्दै आएकी छन् । मानवअधिकारकर्मीहरू र उनका कानुनी प्रतिनिधिहरूले अदालतको फैसला निष्पक्ष नभएको दाबी गरेका छन् ।

पाकिस्तान मानवअधिकार आयोगले पनि उक्त निर्णयको पुनरावलोकन गर्न माग गरेको छ । महरंग बलोच बीबीसीको ‘१०० महिला २०२४’ सूचीमा समेत परेकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)