विश्वकप क्रिकेटः अस्ट्रेलियाको लगातार चौथो जितमा पाकिस्तान अंकविहीन
nagariknews.nagariknetwork.com · Wed Jun 24 03:33:38 GMT 2026
आइसिसी महिला टी-२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले लगातार चौथो जित निकाल्दा पाकिस्तान चौथो खेलसम्म पनि अंकविहीन बनेको छ।
बेलायतको लिड्समा गएराति भएको खेलमा पाकिस्तानलाई ११३ रनले पराजित गर्दै अस्ट्रेलियाले लगातार चौथो जित निकालेको हो। चार खेलबाट ८ अंक बनाएको अस्ट्रेलिया सेमिफाइनल नजिक छ। समूह एकमा रहेको कंगारु टोलीसँगै भारत, साउथ अफ्रिका र बंगलादेशको सेमिफाइनल सम्भावना पनि कायमै छ। २ खेल खेल्न बाँकी उनीहरुको समान चार अंक छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)