मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरोकप २०२४ : क्रोएसियालाई हराउँदै स्पेनकाे विजयी सुरुवात

barnanmedia.com · Sat Jun 15 23:11:35 UTC 2024

युरो २०२४ मा क्रोएसियालाई हराउँदै स्पेनले विजयी सुरुवात गरेको छ । समूह बी अन्तर्गतको खेलमा स्पेन ३–० गोलले विजयी बनेको हो ।

स्पेनले तीनवटै गोल पहिलो हाफमा गरेको थियो । २९ औँ मिनेटमा अल्भारो मोराटाले टोलीलाई अग्रता दिलाएका थिए ।३ मिनेटपछि फाबियान रुइजले टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा ड्यानी कार्भाहालले तेस्रो गोल गरे । दोस्रो हाफमा भने कुनै गोल हुन सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)