नेपालगन्जका विद्यालय पुनः तीन दिन बन्द
gorkhapatraonline.com · Wed Jun 24 03:54:35 GMT 2026

असारको पहिलो साता बितिसक्दा पनि पानी नपरी गर्मी नघट्दा बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि नेपालगन्जका विद्यालयहरू पुनः तीन दिनका लागि बन्द गरिएको छ।
अत्यधिक गर्मीले पठनपाठनमा समस्या भएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरेको हो। असार १० गते बुधबारदेखि १२ गते शुक्रबारसम्म तीन दिन विद्यालय बन्द रहने शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्रबहादुर शाहीले बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
मौसम