मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेवातालमा डुबेर बेपत्ता युवक मृत फेला

hamrakura.com · Wed Jun 24 00:00:00 GMT 2026

पोखरा । फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्। सशस्त्र प्रहरी बलको गोताखोर टोलीले मंगलबार राति करिब ९ः१० बजे उनको शव फेला पारेको हो।

मृतक पोखरा महानगरपालिका-१५ रामबजार निवासी १९ वर्षीय अमर थापा क्षेत्री रहेको सशस्त्र प्रहरीले जनाएको छ। उनी मंगलबार साँझ करिब ७ बजे पोखरा-६ स्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोली परिचालन गरिएको थियो।

टोलीले तालमा खोजी गर्ने क्रममा करिब २५ फिट गहिराइबाट अमरको शव बाहिर निकालेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)