भाषा हराउँदै, पहिचान मेटिँदै: अस्तित्व जोगाउन सीमान्तकृत समुदायको संघर्ष
hamrakura.com · Wed Jun 24 00:00:00 GMT 2026
तनहुँ। “कामको सिलसिलामा धेरै समय घर बाहिर भइन्छ, त्यति बेला आफ्नो भाषा बोलिँदैन, हामीले काम गर्दै गर्दा खस भाषा मात्रै बोलियो । अहिले हाम्रो भाषा हराउने अवस्थामा पुगेको छ”, आँबुखैरेनी गाउँपालिका-२ घुम्तीका इन्द्रबहादुर भुजेलले गुनासो गरे । आफ्नो भाषा कम बोलिने अवस्थाका कारण नयाँ पुस्ताले पनि भाषा सिक्न नसकेको उनले सुनाए ।
पहिले त विद्यालयसम्म पुगेर पढ्ने अवस्था थिएन । एकापसमा भाषा बोलिएको हो र अहिले आफ्नो भाषामा पठनपाठन नहुने र खस भाषामा पढ्न सिक्दा आफ्नो मातृभाषा नै बोल्न नजान्ने भएका उनी बताउँछन् । “सिक्नुपर्छ भन्ने कुरा कहिलेकाहीँ हुन्छ”, उनी भन्छन्, “सबैलाई मिल्ने भाषा बोलिँदा नै हामीले आफ्नै भाषा बिर्सिएका छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)