एनआरएनएको विकास कोषका लागि नियमावली परिमार्जन गरिने
baahrakhari.com · Thu Dec 11 17:39:34 GMT 2025

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गैरआवासीय नेपाली संघले सञ्चालनमा ल्याउन लागेको विकास कोषका लागि विद्यमान नियमावली आवश्यकताअनुसार परिमार्जन गरिने प्रतिबद्धता जनाएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय प्रतिनिधि मण्डलसँगको छलफलमा उनले नीतिगत व्यवस्था तथा अनुमति प्रदान गर्न सक्दो सहयोग गर्ने बताए । मन्त्री खनालले धितोपत्र बोर्डमा रहेका सम्बन्धित नियमावलीहरू छिटो परिमार्जन गरी फन्ड सञ्चालनमा रहेका अवरोध हटाइने उल्लेख गर्दै समाधानतर्फ सकारात्मक तथा व्यावहारिक कदम चालिने आश्वासन दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)