अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि
nagariknews.nagariknetwork.com · Wed Sep 16 02:45:34 GMT 2026

कास्कीको माछापुच्छ्रे गाउँपालिका-३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर दूध पोखरा बजारमा भित्रिन्छ। पछिल्लो समय यो वडामा मात्र तीनवटा दूध सङ्कलन केन्द्र (डेरी) खुलेका छन्। यहाँ पाँच वर्षका अवधिमा व्यावसायिक पशुपालन फस्टाएको छ। प्रत्येक घरमा गाईपालन सुरु गरेर दूध बिक्री गर्ने किसान बढेका छन्।
सरकारले दूध उत्पादनमा किसानलाई प्रोत्साहन दिएपछि व्यावसायिक दूध उत्पादन वृद्धि भएको हो। सरकारले किसानलाई दूधमा प्रतिलिटर रु पाँचका दरले अनुदान दिने गरेको छ। 'सरकारले दूध उत्पादनका आधारमा अनुदान रकम दिएपछि किसानलाई राहत भएको छ। गाउँमा पशुपालनको लहरनै चलेको छ', स्थानीय किसान गोपाल पोखरेलले भने, 'चोक्कर, पराललगायत पशु आहाराको मूल्यवृद्धि हुँदा अझै दूधको मूल्य खर्चका आधारमा न्यून छ, समयअनुसार दूधको मूल्यसमेत बढाउनु आवश्यक छ।'
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)