बैतडीमा जिप दुर्घटना हुँदा २० जना घाइते
kendrabindu.com · Wed Sep 16 03:08:16 GMT 2026

बैतडी । बैतडीको मेलौली नगरपालिका–१ बुढाकाफलकोटमा जिप दुर्घटना हुँदा २० जना घाइते भएका छन्। मेलौली नगरपालिका–१ मेलौलीबाट सोही वडाको झुसिल बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६३० नम्बरको जिप मंगलबार साँझ दुर्घटनामा परेको हो।
दुर्घटनाका घाइते भएका मध्ये १३ जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।अन्य सात जनाको मेलौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)