दुई सय ४१ तोला सुन र २७ किलोग्राम चाँदी सङ्कलन
gorkhapatraonline.com · Wed Sep 16 03:05:14 GMT 2026

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा २४१ तोलाभन्दा बढी सुन र २७ किलोग्राम चाँदी सङ्कलन भएको छ । देशकै एक प्रसिद्ध तीर्थस्थल पाथीभरामा हालसम्म उक्त परिमाणमा सुन र चाँदी सङ्कलन भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार हालसम्म कुल २४० तोला ९१ लाल एक नम्बरी सुन सङ्कलन भएको छ । त्यस्तै पाथीभरामा हाल २७.१२८ किलोग्राम असली चाँदी सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । कार्यकारी निर्देशक हाङ्बाङका अनुसार पाथीभरामा सङ्कलन भएको उक्त परिमाणको सुन र चाँदी रिफाइन गरी एकनम्बरको बनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)