जापानले भारतीय आँप आयातमा लगायो रोक
ratopati.com · Sun May 31 08:31:57 GMT 2026

टोकियो । जापानले यस वर्ष भारतबाट हुने आँप आयातमा रोक लगाएको छ ।
जापानी अधिकारीहरूका अनुसार कीरा नियन्त्रण (पेस्ट कन्ट्रोल)सम्बन्धी प्रक्रियामा कमजोरी भेटिएपछि यो निर्णय गरिएको हो । यसअघि सन १९८० को दशकमा पनि जापानले भारतबाट आँप आयात बन्द गरेको थियो । त्यतिबेला भारतका फलफूलसँगै कीरा, तिनका अण्डा वा लार्भा जापान पुगेर त्यहाँको कृषि प्रणालीमा असर पार्न सक्ने चिन्ताका कारण सावधानीस्वरूप प्रतिबन्ध लगाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)