स्वास्थ्य परीक्षणको नतिजा जिल्लामा
gorkhapatraonline.com · Wed Jun 24 03:58:11 GMT 2026

गुल्मी अस्पताल तम्घासले प्रयोगशाला सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउने तयारी गरेको छ । यसका लागि अस्पतालले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, लुम्बिनी प्रदेशसँग सहकार्य गरी अस्पतालमा उपलब्ध नभएका प्रयोगशाला परीक्षणको नमुना प्रदेश प्रयोगशालामा पठाई नतिजा पुनः अस्पतालमै उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।
दुई संस्थाबिच भएको सम्झौता आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने भएको छ । सम्झौतामा क्यान्सर, विभिन्न भाइरल सङ्क्रमण, हर्मोनलगायतका जटिल परीक्षणका लागि बिरामीले बुटवल वा निजी अस्पताल धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)