तनहुँमा बाढी पसेपछि १३ परिवार विस्थापित
gorkhapatraonline.com · Wed Sep 16 03:13:47 GMT 2026

तनहुँको शुक्लागण्डकी नगरपालिका–२, एक्लेखेतमा बाढीको पानी घरमा पसेपछि १३ घरपरिवार विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको छ।
अविरल वर्षाका कारण बुधबार बिहान करिब २ बजे ताकुडाँडाको खोल्सीमा पानीको बहाव बढेपछि बाढी बस्तीमा पसेको हो। बाढीको पानी घरभित्र पसेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)