दैनिक तिस लाख लिटर पानी खेर
gorkhapatraonline.com · Wed Jun 24 04:06:20 GMT 2026

नेपालगन्ज उपमहानगरपालिकामा खानेपानीको दैनिक माग निरन्तर बढ्दै गएको भए पनि करिब ३० लाख लिटर पानी दैनिक खेर गइरहेको छ । नेपालगन्ज खानेपानी संस्थान शाखा कार्यालयका अनुसार यहाँ दैनिक करिब ७० लाख लिटर पानी खपत हुने गर्छ तर वितरण प्रणाली, घर घरमा धारा जडान र उपभोक्ताको लापर्बाहीपूर्ण व्यवहारका कारण खानेपानी खेर गएको हो ।
खानेपानी संस्थान नेपालगन्ज शाखाको तथ्याङ्क अनुसार करिब छ हजार उपभोक्ताको घरमा मात्र संस्थागत रूपमा पानी आपूर्ति पुगिरहेको छ । उपमहानगरपालिकाका २३ वटै वडामध्ये होटेल सिद्धार्थदेखि महेन्द्र क्याम्पस क्षेत्रसम्म, फुलटेक्रा–सुर्खेत रोड हुँदै मानपुर सीमासम्म पानी वितरण विस्तार गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)