ताइवानमा बढ्दो तनाव, चिनियाँ सेनाको युद्धकालीन कानूनमा जोड
emountaintv.com · Sun Mar 12 00:45:05 GMT 2023
एजेन्सी, २८ फागुन । ताइवानलाई लिएर अमेरिकासँग बढ्दो तनावको बीचमा चीनको सेनाले देशको सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्न युद्धकालीन कानूनको लागि जोड दिइरहेको छ। शनिबार एक प्रतिवेदनमा यो जानकारी दिइएको हो । हङकङको अखबार ‘साउथ चाइना मर्निङ पोस्ट’को समाचारअनुसार चीनको संसद ‘नेसनल पिपुल्स कंग्रेस’ (एनपीसी) को चालू सत्रमा पिपुल्स लिबरेसन आर्मी (पीएलए) का प्रतिनिधिहरूले यस्तो कानुन ल्याउन आग्रह गरेका छन्।
समाचारका अनुसार अमेरिकी सेना र गुप्तचर अधिकारीहरूले चीनले सन् २०२७ सम्ममा ताइवानसँग युद्ध गर्न सक्ने चेतावनी दिएका छन् । समाचारका अनुसार पीएलएका प्रतिनिधि वु शिहुआले चीनले सेनाका लागि कानुन बनाउनुपर्ने बताएका छन् । पीएलएका अर्का प्रतिनिधि ये डुबिनले युद्धका बेलाको आवश्यकतालाई ध्यानमा राखेर समयसापेक्ष र व्यवस्थित ढंगले युद्धकालीन कानुनको अध्ययन गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)