मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाँच वर्षमा दुई हजारभन्दा बढीले गुमाए ज्यान

gorkhapatraonline.com · Wed Jun 24 04:12:26 GMT 2026

जनकपुरधाम, असार १० गते । मधेश प्रदेशमा बर्सेनि सडक दुर्घटना बढ्दै जाँदा ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षामा चुनौती थपिएको छ । सवारीसाधनको बढ्दो चाप, तीव्र सहरीकरण, सडक सञ्जाल विस्तार तथा ट्राफिक नियमको पालना कमजोर हुुनु मधेशको सडक सुरक्षामा थप चुनौती बनेको हो ।

मधेश प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो पाँच वर्षको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ देखि आव २०८१/८२ सम्म प्रदेशभर २९ हजार १८३ सडक दुर्घटना भएका छन् । यी दुर्घटनामा दुई हजार ७४८ जनाले ज्यान गुमाएका छन् भने १० हजार ८६६ जना गम्भीर र ३६ हजार ४४२ जना सामान्य घाइते भएका छन् । तथ्याङ्कले मधेश प्रदेशमा औसत रूपमा हरेक दिन करिब १२ वटा सडक दुर्घटना हुने र प्रत्येक दुई दिनमा कम्तीमा एक जनाभन्दा बढी व्यक्तिले ज्यान गुमाउने अवस्था रहेको देखाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय