लगातार दुई जितसँगै कोलम्बिया नकआउट चरणमा
nepalviews.com · Wed Jun 24 04:13:18 GMT 2026

काठमाडौं । डीआर कंगोलाई हराउँदै कोलम्बिया विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । समूह के को खेलमा डीआर कंगोलाई कोलम्बियाले १-० ले पराजित गरेको हो ।
कोलम्बियाका लागि खेलको ७६ औँ मिनेटमा ड्यानियल म्युनोजले गोल गरेका थिए । यसअघि कोलम्बियाले उज्वेकिस्तानलाई ३-१ ले पराजित गरेको थियो । दुई खेलमा विजयी भएसँगै कोलम्बियाले तालिकामा ६ अंक प्राप्त गरेको छ ।
डीआर कंगोले भने यसअघि पोर्चुगलसँग बराबरी खेलेको थियो । पोर्चुगलको ४ अंक छ । पोर्चुगोलले उज्वेकिस्तानलाई ५-० गोलअन्तरले पराजति गरेको थियो भने कंगोसँग एक एकको बराबरी खेलेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ