डिआर कंगोलाई पराजित गर्दा कोलम्बो नकआउट चरणमा प्रवेश
annapurnapost.com · Wed Jun 24 04:09:25 GMT 2026

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह के को खेलमा कोलम्बोले डीआर कंगोमाथि १–० को जित दर्ता गर्दै नकआउट चरणमा प्रवेश गरेको छ।
स्टाडियो ग्वाडालाजारामा भएको खेलको ६७ औं मिनेटमा भएको १ गोल नै निर्णायक बन्यो। कोलम्बोको जितमा डानियल मुनोजले गरेको गोल नै निर्णायक बन्यो।
पहिलो हाफमा कोलम्बोले निकै प्रहार गरेपनि डीआर कंगोका गोलकिपरले उत्कृष्ट बचाव गरेका थिए। दोस्रो हाफमा पनि कोलम्बो लगातार डीआर कंगोमाथि दबाब बनाइरहेको थियो । जसको फलस्वरुप खेलको ६७ औं मिनेटमा कोलम्बोका डानियल मुनोजले गोल गरे।
समूह के बाट कोलम्बिया नकआउट चरणमा पुग्दा मंगलबार राती पोर्चुगलसँग ५–० को हारपछि उज्वेकिस्तान भने विश्वकपबाट बाहिरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ
फिफा