कफीको व्यावसायिक खेती
gorkhapatraonline.com · Wed Sep 16 03:30:00 GMT 2026

त्तरी मोरङको लेटाङ–१ का किसानले परम्परागत खाद्यबाली हटाउँदै नगदे बाली विस्तार गरिरहेका छन् । लेटाङ–१, साग्माका चन्द्रबहादुर राई, कुवापानीका शुक्र राई र सन्दर राई, ठोक्रेका रोहित मास्के र आठबिसेका यमप्रसाद राईले विगत १० वर्षदेखि व्यावसायिक कफी खेती गरिरहनुभएको छ । चन्द्रबहादुर राईले विद्यालयमा शिक्षण गर्दागर्दै स्वैच्छिक अवकाश लिएर २०७२ सालमा कफी खेती विस्तार गर्नुभयो । त्यसबेला चन्द्र सरप्रति स्थानीय छिमेकी साथीभाइ कोही पनि सन्तुष्ट थिएनन् । भएको जागिर छोडेर धेरै कमाउन कफी खेतीमा हात हालेको आरोप लाग्यो ।
चन्द्रबहादुर राईले कफी खेती विस्तार गर्न छोड्नु भएन । राईले ५० रोपनीमा कफी रोप्नुभएको छ । वार्षिक तीन हजार पाँच सय केजी प्रशोधित कफी बजार पठाइरहेका राईले भन्नुभयो, “स्थानीय माग धान्न सकेका छैनौँ । प्रतिकेजी सरदर दुई हजार किलोमा बिक्री भए पनि अझै लगानी उठाउन सकेको छैन । अघिल्ला वर्षमा रोगले दुःख दियो । लक्ष्य अनुसार आम्दानी हुन सकेन । हाल नयाँ बिरुवाले राम्रो उत्पादन दिइरहेका छन् ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)