घोराही–तुलसीपुर सडक : सात महिनामा सोह्र प्रतिशत प्रगति
gorkhapatraonline.com · Wed Jun 24 04:21:44 GMT 2026

दाङ जिल्लाका प्रमुख दुई सहर घोराही र तुलसीपुरलाई जोड्ने चार लेन सडक स्तरोन्नतिकोे काम भइरहेको छ । गत मङ्सिर महिनादेखि सुरु भएको सडक स्तरोन्नतिले सात महिनाको अवधिमा १६ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।
सडक डिभिजन कार्यालय दाङले घोराही उपमहानगरपालिका–१५ स्थित डिके पेट्रोल पम्पदेखि तुलसीपुर उपमहानगरपालिका–६, हात्तीखौवासम्म करिब २१.५८ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गर्ने काम भइरहेको जनाएको छ । सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्र विष्टले सडक निर्माण अन्तर्गत पहिलो चरणमा कलभर्ट, नाला निर्माणसँगै माटो कटान गर्ने कामलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)