‘हिमाल देखाउने पूर्वाधारमा जोड दिनुपर्छ’
ratopati.com · Wed Sep 16 03:30:28 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकार स्थापना भएको झन्डै नौ वर्ष पुग्न लाग्दा पर्यटन मन्त्रालय मार्फत पर्यटन क्षेत्रमा मात्रै ८ देखि १० अर्ब रुपैयाँ लगानी भएको मन्त्रालयकै अधिकारी बताउँछन् । त्यो मात्रामा लगानी भइसक्दा पनि पर्यटन क्षेत्रले सोचेजस्तो फट्को मार्न नसकेको गुनासो व्याप्त छ ।
अर्बौं रुपैयाँ पर्यटनकै नाममा खर्च भइसक्दा पनि ठोस र देखिने खालका पूर्वाधारहरूको अभाव अझै खट्किएको छ । यसै सन्दर्भमा, कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी लिएर दोस्रो पटक मन्त्री बनेकी खिनु लङ्वा लिम्बूको आगामी योजना के छ ? लिम्बू कोशी प्रदेशको पर्यटकीय जिल्ला इलामबाटै निर्वाचित सांसद पनि हुन् । उनीसँग विगतका अनुभव, वर्तमानका चुनौती र आगामी दिनमा कोशी प्रदेशको पर्यटनलाई कसरी प्रबद्र्धन गर्ने भन्ने विषयमा केन्द्रित रहेर गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)