ग्यास बोकेको ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
annapurnapost.com · Wed Sep 16 03:29:16 GMT 2026

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२३ भलुहीस्थित सडकमा मंगलबार राति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको करैयामाई गाउँपालिका-७ का ३० वर्षीय दिलीप चौधरी र पर्साको वीरगन्ज महानगरपालिका-१५ नगवाका ३५ वर्षीय रवीन्द्र उपाध्याय रहेका छन् ।
पथलैया-वीरगन्ज सडकखण्डअन्तर्गत भलुहीको सागर आयल पेट्रोल पम्पनजिक पूर्वतर्फको सर्भिस लेनबाट मुख्य सडकमा निस्कदै गरेको ना३ख ५६१० नम्बरको ग्यास बोकेको ट्रकले वीरगन्जतर्फ जाँदै गरेको ना४३ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट चौधरी र उपाध्याय गम्भीर घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)