मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसले आफ्नो इतिहास कोल्याप्स गरिसक्यो : एमाले सचिब भट्टराई

rajdhanidaily.com · Mon Feb 19 23:18:37 GMT 2024

रौतहट । नेकपा एमालेका सचिब योगेश भट्टराईले नेपाली कांग्रेसले आफनो इतिहास कोल्याप्स गरिसकेको बताएका छन । सोमबार रौतहटको गरुडामा आयोजित नेकपा एमालेको १० औ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रमा सचिब भट्टराईले यस्तो बताएका हुन ।

कांग्रेसले आफनो सिधान्तलाइ तिलान्जली दिएर पार्टी नितिलाइ संकटमा राखेर नेकपा एमाले पार्टीलाइ रोक्न खोजेको सचिब भट्टराईले बताए । बिचार नमिल्ने माओबादी तथा मधेशबादी संग गठबन्धन गरेर कांग्रेसले आफनो अस्तीत्व सकेको सचिब भट्टराईको भनाइ थियो । चुनाब पछि सरकार बनाउन गठबन्धन गर्नु स्वभाबिक हो तर एमालेलाइ छक्नुपर्छ भनेर कसम खाएर सिधान्त नमिल्ने संग गठबन्धन गर्नु राम्रो नभएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)