मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मुनोजको गोलमा कोलम्बिया नकआउट चरणमा

newsofnepal.com · Wed Jun 24 04:24:06 GMT 2026

काठमाडौँ। ड्यानिएल मुनोजको दोस्रो हाफको निर्णायक गोलमा कोलम्बियाले डिआर कंगोलाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

लगातार दोस्रो जितसँगै कोलम्बियाले ६ अंक जोडेर समूह केको शीर्ष स्थान कायम राखेको छ। ग्वाडालाहारामा भएको खेलमा मुनोजले ७६औँ मिनेटमा गोल गरेका थिए। पराजित डिआर कंगो दुई खेलबाट १ अंकसहित तेस्रो स्थानमा रहेको छ।

अब कोलम्बियाले समूह विजेताका लागि पोर्चुगलसँग खेल्नेछ भने कंगोले उज्वेकिस्तानको सामना गर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)

सम्बन्धित विषय