बनेन अस्पताल भवन
gorkhapatraonline.com · Wed Sep 16 03:38:38 GMT 2026

निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि जिल्ला अस्पताल दैलेखको नयाँ भवन निर्माण सम्पन्न हुन सकेको छैन । तेस्रो पटकसम्म म्याद थपिँदासमेत निर्माणको गति नबढेपछि ५० शय्याको सुविधासम्पन्न अस्पताल भवन अझै अधुरै छ । निर्माणमा ढिलाइ हुँदा बिरामीले पर्याप्त शय्या नपाउनेदेखि पुरानो र साँघुरो भवनमै कोचाकोच गरेर उपचार गराउनुपर्ने अवस्था छ ।
२०७८ साल जेठ १० देखि निर्माण सुरु भएको भवन २०८१ साल जेठ ३० गतेभित्र सम्पन्न गर्ने सम्झौता थियो तर निर्धारित समय सकिएको दुई वर्ष बितिसक्दासमेत भवनको भौतिक प्रगति करिब ७५ प्रतिशत मात्रै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)