आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित प्रसूति बिदा दिन प्रस्ताव
lokaantar.com

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक मन्त्रिपरिषद् हुँदै संसद्मा लैजाने तयारी भएको छ । कानुनमन्त्री सोबिता गौतमका अनुसार संशोधन विधेयकमा आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको बिदा दिने प्रस्ताव गरिएको हो ।
कानुनमन्त्री गौतमले आजको व्यस्त जीवनमा कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेको बताएकी छन्। जीवनमा एक वा दुई पटक आउने मातृत्व र पितृत्वको विशेष समयमा अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी भएको उनको ठम्याइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)