लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु
baahrakhari.com · Sat Jun 27 15:41:43 GMT 2026

बुटवल । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चाप व्यवस्थित गर्न र गम्भीर प्रकृतिका बिरामीलाई तत्काल उपचार सेवा उपलब्ध गराउन ‘ट्रयाज प्रणाली’ लागु गरिएको छ । अस्पतालमा दैनिक आउने सेवाग्राहीको संख्या अत्यधिक बढेपछि आकस्मिक कक्षमा यो वैज्ञानिक पद्धति सुरु गरिएको हो ।
हाल यहाँ दैनिक दुई हजारदेखि २५ सयसम्म सेवाग्राही उपचार तथा परामर्शका निम्ति आउने गरेका लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. विष्णुप्रसाद गौतमले बताए । यसलाई पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालका रूपमा लिइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)