कोलम्बिया नकआउट चरणमा
arthasansar.com
ड्यानिएल मुनोजले दोस्रो हाफमा गरेको गोल मद्तमा कोलम्बियाले फिफा विश्वकप २०२६ मा डिआर कंगोलाई १-० ले पराजित गरेको छ । समूह के मा लगातार दुई खेल जित्दै कोलम्बियाले नकआउट चरणमा प्रवेश गरेको छ । कोद्यम्बियाले पहिलो खेलमा उज्वेकिस्तानलाई ३-१ ले पराजित गरेको थियो ।
दुई जितपछि ६ अंक जोडेर समूह के को शीर्ष स्थानमा छ । पहिलो हार बेहोरेको डिआर कंगो भने दुई खेलबा६ १ अंकसहित तेस्रो स्थानमा छ । मेक्सिकोको ग्वाडालाहारा स्टेडियममा भएको खेलमा कोलम्बियाले सुरुवातदेखि नै कंगोमाथि दबाब बनाएपनि गोल गर्न भने दोस्रो हाफसम्म कुर्नुपर्यो । मुनोजले ७६औं मिनेटमा वुजान क्वाटेरोको पासमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए र अन्तिममा त्यही गोल ३ अंक दिलाउन निर्णायक बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)