अनुमानित १० अर्ब लगानी, देखाउन लायक पूर्वाधार खोज्दै सरकार !
ratopati.com · Wed Sep 16 03:41:23 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारले पछिल्लो नौ वर्षमा पर्यटकीय पूर्वाधार निर्माणमा मात्रै करिब १० अर्ब रुपैयाँ लगानी गरिसकेको छ । यस अवधिमा साना–ठुला गरी १ हजार ७७० वटा पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन् । यति ठुलो लगानीपछि पनि पर्यटक आगमन, पर्यटन व्यवसाय र प्रदेशको अर्थतन्त्रमा त्यसको अपेक्षित प्रभाव भने देखिन सकेको छैन ।
प्रदेश पर्यटन मन्त्रालयले आर्थिक वर्ष २०७४/०७५ देखि २०८०/०८१ सम्म गरेको खर्चको समीक्षामा पूर्वाधार निर्माणको सङ्ख्या उल्लेख गरे पनि ती आयोजनाबाट प्राप्त प्रतिफलको स्पष्ट मूल्याङ्कन गरेको छैन । नौ वर्षमा करिब १० अर्ब रुपैयाँ खर्च भए पनि त्यसबाट कति पर्यटक थपिए, उनीहरूको बसाइ कति लम्बियो वा स्थानीय अर्थतन्त्रमा कति योगदान पुग्यो भन्ने हिसाब सरकारसँग छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)