मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेकपा सांसद मल्लले भने– प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

setopati.com · Sun May 31 09:07:00 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रमेश मल्लले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा सांसद आरेन राईले सोधेको प्रश्नको जबाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जग्गा मिचेको आफूले थाहा पाएको बताएका थिए।

‘यो विषय कुटनीतिक रुपमा टेलब टक... तपाईंहरुलाई एउटा कुरा अचम्म लाग्छ होला। मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ। भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’, प्रधानमन्त्री शाहले भनेका थिए, ’यो कुरा अस्ति भर्खर थाहा भयो। हामीले मिचेका छौँ। उहाँहरूले मिच्नुभएको छ, बसेर साथीका रुपमा समाधान गर्ने सोच राखेका छौं।’

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)