अन्ततः बालेनले हटाए फेसबुक स्टाटस
newsofnepal.com · Tue Sep 05 00:38:36 GMT 2023
काठमाडौं । आफ्नी श्रीमतीलाई ट्राफिक प्रहरीले रोकेर चेक गरेको भन्दै सिंहदरबार नै जलाउने धम्की दिएर चर्चामा आएका काठमाडौं महानगरपलिकाका मेयर बालेन साहले अन्ततः फेसबुक स्टाटस हटाउनुभएको छ ।
शनिबारको दिन अनुमतिबिना सरकारी गाडीमा सवार श्रीमती सविना काफ्लेलाई कोटेश्वरमा शनिबार साँझ ट्राफिक प्रहरीले सामान्य सोधपुछ गर्दा आक्रोशित भएका मेयर साहले संघीय सरकारलाई चोरको संज्ञा दिँदै अब आइन्दा काठमाडांै महानगरपालिकाका कुनै सवारीसाधनलाई पक्राउ गरे सिंहदरबारमा नै आगो लगाउने धम्कीसहितको स्टाटस फेसबुकमा पोस्ट भएपछि संघीय सरकारले अधिकारको नाममा जथाभावी लेख्ने र बोल्ने अधिकार कसैलाई पनि नभएको भन्दै सचेत रहन आग्रह गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)