पहिरोले ग्रामीण सडक अस्तव्यस्त
gorkhapatraonline.com · Wed Sep 16 03:48:18 GMT 2026

कर्णाली कोरिडोरबाट सहायक सडकका रूपमा निर्माण गरिएका ग्रामीण सडक पहिरोले अस्तव्यस्त बनाएको छ । यी सडक पहिरोले पुर्ने, बगाउने र खाल्टाखुल्टी बनाउने भएपछि यातायातका साधनले सास्ती खेप्नु परेको छ ।
सिमकोट–हिल्सा सडकबाट सहायक सडकका रूपमा निर्माण गरिएको सिमकोट गाउँपालिका–८ को याङ्गुसाँता जोड्ने सहायक सडक बर्खाको भेलले बगाएपछि सास्ती खेप्नु परेको वडाध्यक्ष कमल बुढाले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)