लस एन्जलसमा हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु
nepalviews.com · Wed Sep 16 03:46:27 GMT 2026

एजेन्सी । लस एन्जलसको च्याट्सवर्थ क्षेत्रमा एक हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
लस एन्जलस फायर डिपार्टमेन्टका अनुसार दुर्घटना स्थलबाट एक जनालाई स्थानीय अस्पताल लगिएको छ । उनको अवस्था हाल अज्ञात छ। दुर्घटनाका क्रममा हेलिकप्टरसँगै दुई वटा सिपिङ कन्टेनर र केही सवारी साधनहरूमा आगलागी समेत भएको थियो । अग्निनियन्त्रकहरूले आगलागी नियन्त्रणमा लिइसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)