तेलपानीस्थित धानबारीमा जङ्गली हात्ती मृत फेला
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

झापा । मेचीनगर नगरपालिकाको वडा नं ३ तेलपानीस्थित धानबारीमा जङ्गली हात्ती आज बिहान मृत फेला परेको छ । डिभिजन वन कार्यालयका प्रमुख नथुनी गोहीवार यादवले हात्ती मरेको घटनास्थलतर्फ वन कार्यालयको टोली पठाइएको जानकारी दिए ।
स्थानीयवासीले धानखेतमा बयस्क दाह्रे हात्ती मरेको देखेर खबर गरेको उनले बताए । हात्तीको मृत्युको कारण थाहा हुन नसकेको उनले बताए । मेचीनगरको वडा नं २, ३, ४ र ५ मा लामो समयदेखि जङ्गली हात्तीले मानवीय तथा किसानको खेतीबालीमा ठूलो क्षति पुर्याउँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)