विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो
barnanmedia.com · Wed Sep 16 03:45:26 GMT 2026

विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा मैलुङका गणेश नेपालीले प्रस्तुत गर्नुभएको छ । यही भदौ १० गते बिहान भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीबाट अकल्पनीय रूपमा जोगिनुभएका नेपाली आफूलाई जोखिम मोलेर अहिले त्रिशूली नदीमाथि बनेको अस्थायी तुइनमा डोरी तान्ने काममा स्वयंसेवकका रूपमा तल्लीन हुनुहुन्छ ।
विदुर नगरपालिका–९ स्थित सिमुटार–कोलनी जोड्ने तुइनमा उहाँले नेपाल रेडक्रसको स्वयंसेवक भएर बाढी प्रभावितसहित अत्यावश्यकीय सामग्रीलाई तुइनमार्फत वारिपारि गर्न सहजीकरण गरिरहनुभएको छ । उहाँले भन्नुभयो, “बाढीमा परेर घाइते हुनुभएका दाजु काठमाडौँस्थित वीर अस्पतालको ट्रममा उपचाररत हुनुहुन्छ । भेट्न जान पनि पाएको छैन । बाढी प्रभावितको पीडा देखेर मनले मानेन । यहाँ आएर तुइन जडान गर्न स्वयंसेवक भएर सुरक्षाकर्मीलाई साथ र सहयोग गरेँ । तुइन जडान भएपछि डोरी तान्ने काममा स्वयंसेवक गरिराखेको १२ दिन बितिसक्यो ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)