नेपालमा मानसिक स्वास्थ्य सेवा सुदृढ बनाउन संयुक्त राष्ट्रसंघको तीनवर्षे कार्यक्रम सुरु
nepalviews.com · Wed Jul 15 14:30:07 GMT 2026

काठमाडौं । संयुक्त राष्ट्रसंघको सहयोगमा देशभर मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रणाली सुदृढ बनाउन संयुक्त रूपमा तीनवर्षे कार्यक्रम सुरु भएको छ। सन् २०२५–२०२८ सम्म सञ्चालन हुने ‘संयुक्त राष्ट्रसंघ मानसिक स्वास्थ्य सहयोग कार्यक्रम’ (Joint UN Mental Health Support Programme) बुधबार काठमाडौंमा औपचारिक रूपमा सुरु गरिएको हो।
स्विट्जरल्यान्ड सरकारअन्तर्गतको स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (SDC) को आर्थिक सहयोगमा सञ्चालन हुने यो कार्यक्रम संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकको कार्यालय (RCO), संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (UNFPA), संयुक्त राष्ट्रसंघ बालकोष (UNICEF) र विश्व स्वास्थ्य संगठन (WHO) ले नेपाल सरकारसँगको साझेदारीमा कार्यान्वयन गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)