ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
kendrabindu.com · Wed Sep 16 03:58:16 GMT 2026

बारा । बारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना युवकको मृत्यु भएको छ। वीरगन्ज-पथलैया सडकखण्डमा पर्ने जितपुर सिमरा उपमहानगरपालिका-२३ मा गएराति ना.३ ख ५६१० नम्बरको ट्रकले ना.४३ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाउको छ।
मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका-१५ नगवाका ३५ वर्षीय रवीन्द्र उपाध्याय र बाराको करैयामाई गाउँपालिका-७ का ३० वर्षीय दिलिप चौधरी रहेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)