पार्टी फेर्ने स्थानीय तहका २ उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद चैट !
lokaantar.com

निर्वाचन आयोगले दल त्याग गरी अन्य दलमा प्रवेश गरेका दुई उपाध्यक्षसहित १० जना जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ । आयोगले सम्बन्धित स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको सम्बन्धमा आज एक सूचना जारी गर्दै उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो।
आयोगका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत दलबाट निर्वाचित भएर पछि अन्य दलमा प्रवेश गरेका जनप्रतिनिधिको विवरण सम्बन्धित राजनीतिक दलको केन्द्रीय समितिको निर्णयसहित आयोगमा प्राप्त भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)