मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओलीको अर्को प्रश्न : ‘विकास गर्न सरकारमा गएको हो, त्यही नभए कसरी सन्तोष मान्ने ?’

ekantipur.com · Sun Jun 16 00:11:45 UTC 2024

काठमाडौँ — सत्ता समीकरणको प्रमुख दल एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा चालु आर्थिक वर्षको बजेटमा छलफल भइरहेका बेला बजेटमाथि कडा असन्तुष्टि व्यक्त गरेका छन् । उनले आफू सम्मिलित सरकारले ल्याएको बजेटप्रति आलोचना गर्दै मुलुकको विकास गर्न सरकारमा गएको र त्यो हुन नसके आफू सन्तुष्ट हुन नसक्ने बताए ।

शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यो बजेट गरिबी घटाउने विकासका लागि नभएको संकेत गर्दै चर्को असन्तुष्टि पोखेका हुन् । उनले आफ्ना मन्त्रीलाई विनियोजित बजेटलाई गम्भीर समीक्षा गरी धारणा राख्न निर्देशनसमेत दिए । उनले बजेटको आलोचना मात्र गरेनन्, आफ्ना सांसदलाई खुलेर टिप्पणी गर्न पनि निर्देशन दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)