एन आई सी एशिया बैंक लिमिटेडको हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त
ajakoartha.com · Wed Jun 24 04:46:00 GMT 2026

काठमाडौं- एन आई सी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट प्राप्त स्विकृतिअनुसार बैंकले हाल कायम चुक्ता पूँजी रु. १४,९१,७५,६६,९२२/–(अक्षरेपी चौध अर्ब एकानब्बे करोड पचहत्तर लाख छैसट्ठी हजार नौ सय बाईस रुपैयाँ मात्र) बराबरको प्रति शेयर रु. १००/– अंकित दरका १४,९१,७५,६६९.२२ (अक्षरेपी चौध करोड एकानब्बे लाख पचहत्तर हजार छ सय उनान्साठ्ठी दशमलव बााईस) कित्ता साधारण शेयरको दुई शेयर बराबर एक (२ः१) शेयर (अर्थात् विद्यमान २ (दुई) कित्ता साधारण शेयर बराबर नयाँ १ (एक) कित्ता साधारण शेयर) को अनुपातमा साविकका शेयरधनीहरुको लागि रु. ७,४५,८७,८३,५००/– (अक्षरेपी सात अर्ब पैंतालीस करोड सतासी लाख त्रीयासी हजार पाँच सय रुपैयाँ) बराबरको प्रति कित्ता रु. १००/– (अक्षरेपी एक सय रुपैयाँ मात्र) को ७,४५,८७,८३५ (सात करोड पैंतालीस लाख सतासी हजार आठ सय पैतीस) कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्नेछ । उक्त हकप्रद शेयर निष्काशनका लागि आवश्यक अन्य नियामकीय स्वीकृति तथा प्रक्रिया पूरा गरी निष्काशन कार्य अगाडि बढाइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)