प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ
barnanmedia.com · Wed Jun 24 04:44:32 GMT 2026

प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व विकास गराउनु पनि विद्यालय शिक्षाको कार्यभारभित्र पर्छ । नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयमातहतको पाठ्यक्रम विकास केन्द्र, भक्तपुरले जारी गरेको ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ (दोस्रो संस्करण, २०७९)’ ले निर्धारण गरेका १२ उद्देश्यको दोस्रो बँुदामा ‘राष्ट्र र राष्ट्रियताको निर्माणमा सहयोगी लोकतान्त्रिक मूल्य, मान्यताप्रति प्रतिबद्ध, स्वाभिमानी, नैतिकवान तथा सांस्कृतिक सभ्यताबोध भएका, चरित्रवान, नेतृत्वदायी एवं जिम्मेवार नागरिक तयार गर्ने’ समावेश गरिएको छ ।
साथै ‘रचनात्मक तथा समालोचनात्मक चिन्तन गर्ने, जीवनोपयोगी सीप भएका साक्षर र नैतिक सचेतना निपूण र नेपाली मौलिक कला, संस्कृति, सौन्दर्य, आदर्श तथा विशिष्टताहरूको संरक्षण, सम्बद्र्धन र विकासतर्फ अभिमुखीकृत भएको नेपालको इतिहास, संस्कृति, सभ्यता एवं मानव र जीवनोपयोगी मौलिक ज्ञान भएका नागरिक तयार गर्ने’ पनि प्रारुपको उद्देश्य रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)