फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसदमा दर्ता गर्ने तयारी
ratopati.com · Wed Sep 16 04:04:51 GMT 2026

काठमाडौँ । सरकारले फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संघीय संसदमा दर्ता गर्ने तयारी गरेको छ । कानुनमन्त्री सोबिता गौतमले फोहोर व्यवस्थापनलाई उत्पादनदेखि अन्तिम व्यवस्थापनसम्मको सम्पूर्ण चक्रका रूपमा सम्बोधन गर्ने गरी विधेयक तयार गरिएको जानकारी दिएकी छन् ।
फोहोर उत्पादन न्यूनीकरण, स्रोतमै वर्गीकरण, सङ्कलन, स्थानान्तरण केन्द्रसम्म ढुवानी, प्रशोधन केन्द्रमा पुनःप्रयोग तथा पुनःप्रशोधन, फोहोरबाट मल, ग्यास वा ऊर्जा उत्पादन र बाँकी फोहोरको सुरक्षित अन्तिम विसर्जनसम्मका विषय विधेयकमा समेटिएको मन्त्री गौतमले बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)