मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जोर्तीघाटमा दुई झोलुङ्गे पुल निर्माण

gorkhapatraonline.com · Sun May 31 09:24:35 GMT 2026

सुनकोशी र दुधकोशी नदीको संगमस्थल जोर्तीघाटमा ओखलढुङ्गा, खोटाङ र उदयपुर जिल्लालाई जोड्ने दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।

मानेभञ्ज्याङ गाउँपालिका –६ स्थित जोर्तीघाटमा निर्माण भएका पुलमध्ये ओखलढुङ्गा–खोटाङ जोड्ने पुल १३४ मिटर तथा ओखलढुंगा–उदयपुर जोड्ने पुल १७८ मिटर लम्बाइको रहेको छ । दुवै पुलका मुख्य जिप (ब्लक) ओखलढुङ्गातर्फ राखिएको जनाइएको छ । सस्पेन्सन बृज डिभिजन कार्यालय पुल्चोक, ललितपुर र अप्पर तामाकोशी जेकेजेभीबीच २०८१ असारमा निर्माण सम्झौता भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)