मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय तहलाई साढे छ अर्बभन्दा बढी वित्तीय हस्तान्तरण

gorkhapatraonline.com · Wed Jun 24 04:52:19 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका स्थानीय तहहरूलाई साढे छ अर्बभन्दा बढी रुपियाँ वित्तीय हस्तान्तरण गरेको छ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्थानीय तहहरूलाई छ अर्ब ६० करोड रुपियाँ वित्तीय हस्तान्तरण गरेको हो। सरकारले समानीकरण, सशर्त, समपूरक र विशेष अनुदानतर्फका शीर्षकमा उक्त रकम स्थानीय तहमा हस्तान्तरण गरेको जनाएको छ।

प्रदेश सरकारले समानीकरण अनुदानतर्फ ९१ करोड ८० लाख रुपियाँ वित्तीय हस्तान्तरण गरेको छ। यस्तै, स्थानीय तहबाट कार्यान्वयन हुने आयोजना तथा कार्यक्रमका लागि सशर्त अनुदानतर्फ चार अर्ब ३७ करोड ८६ लाख रुपियाँ वित्तीय हस्तान्तरण गरिएको आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले जानकारी दिनुभयो। त्यसैगरी, समपूरक अनुदानतर्फ ८१ करोड ४४ लाख रुपैयाँ र विशेष अनुदानतर्फ ४९ करोड ५० लाख रुपियाँ स्थानीय तहलाई वित्तीय हस्तान्तरण गरिएको छ।

विषयगत मन्त्रालयबाट प्रस्तावित सशर्त अनुदानअन्तर्गत विनियोजित कार्यक्रम तथा बजेट वित्तीय हस्तान्तरणको माध्यमबाट स्थानीय तहमा पठाउने व्यवस्था मिलाइएको मन्त्री धामीले बताउनुभयो। सशर्त अनुदानका कार्यक्रम हस्तान्तरण तथा कार्यान्वयनसम्बन्धी व्यवस्था विनियोजन विधेयकमा गरिएको उहाँको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)