‘खाद्यपूरक सामग्री बिक्री गर्न मिल्दैन’
gorkhapatraonline.com · Sun Jun 16 00:18:25 UTC 2024

काठमाडौँ, असार २ गते । नेपाल फर्मास्युटिकल्स एसोसिएसनले फार्मेसीबाट खाद्यपूरक सामग्री (न्युट्रास्युटिकल्स) बिक्री गर्न नमिल्ने बताएको छ । न्युट्रास्युटिकल्स औषधी नभएकाले एसोसिएसन अन्तर्गतका सदस्यले उक्त वस्तु आफ्नो फार्मेसीबाट बिक्री वितरण नगर्न आग्रह गरेको छ ।
एसोसिएसनका अध्यक्ष ललितमोहन पन्तले न्युट्रास्युटिकल्स औषधी नभएकाले उपभोक्तालाई भ्रममा पारेर औषधी हो भन्दै बिक्री वितरण भइरहेको बताउनुभयो । उहाँले औषधी जस्तो क्लिनिकल परीक्षण नगरिने हुनाले न्युट्रास्युटिकलको सेवनपछि त्यसले शरीरका कुन अङ्गमा र कति मात्रामा काम गर्ने हो भन्ने विषयमा केही ज्ञान नहुने र सोको दीर्घकालीन असरबारे थाहा हुन नसक्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)