तानसेनको प्राथमिकतामा कृषि, पर्यटन र पूर्वाधार
gorkhapatraonline.com · Wed Jun 24 05:00:46 GMT 2026

तानसेन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि, पर्यटन र पूर्वाधारलाई प्रमुख प्राथमिकतामा राखेको छ। १९औँ नगरसभा तथा अधिवेशनमा नगरसभा अध्यक्ष एवं नगर प्रमुख श्रेष्ठले समृद्ध सांस्कृतिक नगर तानसेनको परिकल्पनालाई साकार पार्न कृषि, पर्यटन, सम्पदा संरक्षण, स्थानीय आर्थिक विकास, सामाजिक समावेशीकरण र भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको बताउनुभयो।
नगर प्रमुख श्रेष्ठका अनुसार नीति तथा कार्यक्रममा तानसेनलाई मासु, दूध, अण्डा र तरकारीमा आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ। दूध उत्पादक कृषकलाई प्रोत्साहन गर्न प्रतिलिटर ३ रुपियाँ अनुदान दिने, बाँझो जमिनलाई उत्पादनमूलक खेतीमा प्रयोग गर्न प्रतिरोपनी ५ हजार रुपियाँ अनुदान दिने नीतिलाई निरन्तरता दिइएको छ। वडा नं. ७ मा शीतभण्डार सञ्चालन गरिने तथा वडा नं. ५ को गोदामघरमा अदुवा बिउ भण्डारण गरेबापत कृषकलाई प्रतिकेजी ५ रुपैयाँ अनुदान दिने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)