मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पोस्टर सार्वजनिक गर्दै ‘कार्की साइँला’ले तोक्यो प्रदर्शन मिति

baahrakhari.com · Wed Jun 24 04:59:53 GMT 2026

काठमाडौं । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले बुधबार चलचित्रको पोस्टर सार्वजनिक गर्दै असोज २ गतेलाई प्रदर्शन मिति तोकेको हो ।

साउन १ गतेबाट प्रदर्शन गर्ने तयारी गरिए पनि वितरकसँगको आपसी छलफलपछि प्रदर्शन मिति असोज २ गतेका लागि सारिएको निर्माण टिमले जनाएको छ ।

सार्वजनिक गरिएको नयाँ पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्य (मुन्नी)लाई प्रस्तुत गरिएको छ । ‘कार्की साइँला’ एक भरियाको जीवन संघर्षको कथा हो ।

राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको यस चलचित्रमा जितु र प्रियनाका साथै सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाह, मान्सी शर्मा, मनिल तामाङ, रेणुका आचार्यलगायत कलाकारको अभिनय छ ।

चलचित्रका निर्माता बालकुमार राई हुन् भने कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ताका रूपमा रहेका छन् ।

#जितु नेपाल

#कार्की साइँला

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय