झापामा जंगली हात्ती मृत फेला
baahrakhari.com · Wed Sep 16 04:12:38 GMT 2026

झापा । झापाको मेचीनगर नगरपालिका–३, तेलपानीस्थित धानबारीमा बुधबार बिहान जंगली हात्ती मृत फेला परेको छ ।
डिभिजन वन कार्यालयका प्रमुख नथुनी गोहीवार यादवले हात्ती घटनास्थलतर्फ वन कार्यालयको टोली पठाइएको जानकारी दिए । स्थानीयवासीले धानखेतमा बयस्क दाह्रे हात्ती मृत अवस्थामा रहेको देखेर खबर गरेको उनले बताए । हात्तीको मृत्युको कारण थाहा हुन नसकेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)